सिरहा, १ जेष्ठ। सिरहामा पहिलो महिला वडा अध्यक्ष निर्वाचित भएकी छिन्। नेकपा एमालेबाट भगवानपुर गाउँ पालिका वडा १ का अध्यक्ष पदका उम्मेदवार मिरादेवी यादव ६ सय ३ मतसहित प्यानलै निर्वाचित भएकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वि जनता समाजवादी पार्टीका वद्री कुमार यादवले ५ सय १६ र बहुजन पार्टीका रमेन कुमार मण्डलले ४ सय ८४ मत प्राप्त गरेका छन्।