सिरहा, १ जेष्ठ। सिरहा नगरपालिका १० को वडा अध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानल निर्वाचित भएको छ । वडा अध्यक्षमा निर्वाचित मुखियाले ८ सय ५३ मत प्राप्त गरेका छन्।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३ सय ४८, जनता समाजवादी पार्टी नेपालका जुगल किशोर कामतीले ३ सय १ मत प्राप्त गरेका छन्।


मुखिया स्थानीय तह निर्वाचन २०७४ मा जसपाका जुगल किशोर कामतीसँग १ सय ७१ मत अन्तरले पराजित भएका थिए । यस पटक मुखियाले ठूलो मत अन्तरले विजयी भएको छन् । वडा सदस्यहरुमा कृष्णदेवलाल कर्ण, नारायण मुखिया मलाह, गिरजा देवि पासमान र परमेश्वरीदेखी खत्वे निर्वाचन भएका छन् ।