सिरहा, १ जेष्ठ। सिरहाको अर्नमा गापा १ मा नेकपा माओवादी केन्द्रका गफार मियाँ वडा अध्यक्ष निर्वाचित भएका छन्। मियाँ ९ सय १० मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम नेपाली काँग्रेसका मुस्ताक अन्सारीले ८ सय ४२ मत प्राप्त गरेका छन्। मियाँ ७४ को निर्वाचनमा पनि वडा अध्यामा निर्वाचित भएका थिए।