सिरहा, १ जेठ । सिरहा नगरपालिका वार्ड नम्वर १ को अध्यक्षमा जनता समाजवादी पार्टीका महेश कुमार यादव विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजदेव यादवलाई पराजित गर्दै उनी १ सय मत अन्तरले विजयी भएका हुन्।
यादवले ५ सय ११ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वि कांग्रेसका राजदेव यादवले ४ सय ११ मत प्राप्त गरेका छन्।