सिरहा, १ जेठ। सिरहाको कर्जन्हा नगरपालिका वार्ड नम्वर १ मा नेकपा एमालेका कासिन्द्र प्रसाद पोखरेल निर्वाचित भएका छन्। उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान वार्ड अध्यक्ष मोहन वहादुर खत्रीलाई पराजीत गर्दै विजयी भएका हुन्।

पोखरेल ३ सय २० मत ल्याएर विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वि खत्रीले २ सय ९५ मत प्राप्त गरेका छन्।

पालिकाको मुख्य पदमा नेकपा एमालेका भोला प्रासद पोखरेलले ४ सय ९५, नेकपा माओवादी केन्द्रका गंगा पासमान १ सय ८३ मत र नेकपा एसका प्रभात महतोले १ सय ६२ मत प्राप्त गरेका छन्।