सिरहा, १ जेठ। धनगढीमाई नपा १ मा नेपाली काँग्रेसका सूर्यनाथ यादव र १४ मा अमित ठकुरी प्यानल सहित विजयी भएका छन्। यादव ७ सय ४८ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वि सुर्यनारायण महतो कोईरीले ५ सय ४४ मत प्राप्त गरेका छन।

त्यसैगरी, वार्ड नम्वर १४ का अमित ठकुरीले ५ सय २२ मत ल्याएर विजयी भएको छ। उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका नरेन्द्र सुनुवारले ३ सय ३८ मत प्राप्त गरेको छ।

अहिले सम्मको मत परिणाम अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका रामचन्द्र यादवले १ हजार २ सय १९ मत, नेकपा एमालेका शिव शंकर महतोले ९ सय २० मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनारायण चौधरीले २ सय ९९ मत प्राप्त गरेको छ।