सिरहा, ३१ वैशाख। सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ। वाणिज्य सचिव डा. णेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
निगमले तेलको मूल्य बढाएलगदै देखि सिरहका पेट्रल पम्पहरु धमाधन बन्द गरेको छ। आज बढेको मूल्यमा भोली तेल बेच्ने मनसाय सहित उनीहरुले पम्प बन्द गरेको बुझिएको छ। पम्प बन्द गरेपनि सरोकारबाला निकायभने मौन देखिएको छ।