सप्तरी, ३१ वैशाख। सप्तरीको रुपनी गाउँपालिकामा स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ। गाउँपालिकाको ५ नम्वर वडा बसबिट्टीस्थित मतदान केन्द्रमा शुक्रबार झडप भएपछि स्थगित निर्वाचन जेष्ठ २ गते सोमबार हुने भएको हो।

जनता समाजवादी पार्टीका कार्यकर्ताले धाँधली गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि झडप हुँदा मतदान स्थगित गरिएको थियो।