जनकपुर, ३१ वैशाख। धनुषा जनकनन्दनी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले विजयी सुरुवात गरेको छ। जनकनन्दनी गाउँपालिका वार्ड नम्बर १ को अध्यक्षमा पार्टीका सन्तोष कुमार गोइत प्यानलसहित निर्वाचित भएका हुन् ।
गोइत ४ सय १२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका देबनाथ मैरता यादवले ३ सय २४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए।