सर्वदलित वैठकमा निर्वाचन अधिकृतमाथि लाञ्छना लगाएपछि वेहोस

    • बैशाख ३१, २०७९
    • ६०१ पटक पढिएको
    • गमक पाेस्ट

    सिरह, ३१ वैशाख । लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस भएका छन्।

    स्थानीय तहको निर्वाचन अन्तर्गत लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल ग्रामीणस्थित भूसंरक्षण कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान सवा ८ बजेतिर वैठक वस्ने क्रममा नेकपा (एकीकृत समाजवादी) का मेयर पदका उम्मेदवार वसन्त साहले व्यक्तगत रुपमा लाञ्छना लगाएपछि बेहोस भएको हो।

    ‘बैठक सुरु भएको करिब १५ मिनेटपछि साहले निर्वाचन अधिकृतलाई व्यक्तिगत ढंगले विभिन्न लाञ्छना लगाएपछि बेहोस हुनुभयो’ सहायक निर्वाचन अधिकृत साहले भने ‘त्यसपछि बैठक रोकेर तत्काल एम्बुलेन्समा अस्पताल पुयाई सामान्य उपचारपछि क्वार्टर ल्याइएको छ, उहाँको अवस्था ठीक भएपछि पुनः बैठकका लागि दलीय प्रतिनिधिहरुलाई बोलाइँदै छ।’

    भूगोल र मतदाताको हिसावले जिल्लाकै सबैभन्दा ठूलो लहान नगरपालिकामा शुक्रबार भएको मतदानमा कुल ५६ हजार एक सय ९६ मतदातामध्ये ४१ हजार नौ सय ७७ मत खसेको छ ।

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल