वीरगञ्ज, ३० बैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार बिजय कुमार सरावगीलाई स्थानीयले लखेटेका छन् । नेकपा एमालेको मेयरका उम्मेदवार सरावगीलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवा प्रसौनी बुथमा मतदान गर्न गएका मतदाताले लखेटेका हुन् ।
बेला प्रसौनी बुथमा पुगेका सरावगीलाई स्थानीयले चोरको संज्ञा दिँदै लेखट्न थालेपछि हतारहतारमा सरावगी आफ्नो गाडी भएको ठाउँसम्म पुगेर गाडीमा चढेर फिर्ता भएका छन् । साढे ४ वर्ष सम्म कुनै पनि बेलवाबासीका लागि काम नगरेको र अहिले फेरी भोट माग्न आएपछि लखेटेको स्थानीयको प्रतिक्रिया छ ।