छिटफुटबाहेक पर्सामा शान्तपुर्ण मतदान सम्पन्न, जिल्लामा ७० प्रतिशत मत खसेको अनुमान

    • बैशाख ३०, २०७९
    • 189 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ३० बैशाख । पर्सा जिल्लामा छिटफुटबाहेक शान्तपुर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । १ सय ६७ मतदानस्थलमा निर्धारण गरिएका ४ सय ४ मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही, पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर लगायतका केही मतदान केन्द्रमा केही बेर तनाब भएपनि अधिकांश स्थानमा शान्तिपुर्ण ढंगबाट मतदान सम्पन्न भएको पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

    जिल्लाका १४ वटै स्थानीय तहमा रहेका ३ लाख २९ हजार ८ सय ३६ मतदातामध्ये ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलको अनुमान छ । उनले भने, यकिन तथ्यांक आउन बाँकी नै छ तर औसतमा ७० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरेका छौँ ।’ वीरगञ्ज महानगरपालिकाभित्र ७५ प्रतिशतको हाराहारीमा मत खसेको सहायक प्रमुख निर्वाचन अधिकृत जयप्रकाश काफ्लेले बताए ।

    ३२ वटा वडामा स्थापना गरिएको १ सय ४३ वटा मतदान केन्द्रबाट लगभग ७५ प्रतिशत मत खसेको काफ्लेको अनुमान छ । १ सय ४३ वटै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर आजै मतगणना स्थल वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित श्री नृसिंह माविको भवनमा लिएपछि मतगणना शुरु हुने काफ्लेले बताए ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्जको ठाकुुरराम बहुमुखी क्याम्पसमा मतगणना गरिएको थियो । मतगणना गरिने कोठाहरुमा ८ फिट अग्लो तारजाली सहितको बार लगाइएको छ । मतगणना हुने र मतपेटिका भण्डारण गर्ने सबै कोठाहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । ४ वटा कोठामा मत गणना गर्ने र ५ वटा कोठामा मतपेटिका भण्डारण गर्ने गरि तयारी गरिएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल