सिराहाका संवेदनशील मतदानस्थलहरुको तालिमप्राप्त कुकुरबाट निरीक्षण

    • बैशाख २९, २०७९
    • ६६० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ वैशाख। स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न मतदानस्थलहरूको निरीक्षण गरिएको छ।

    मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिमप्राप्त कुकुरसहित सम्बन्धित इलाकामा पर्ने प्रहरी युनिट इन्चार्जलगायतको टोलीले संवेदनशील मानिएका मतदानस्थल निरीक्षण गरेको हो।

    जिल्लको मिर्चैया, गोलबजार, धनगढी, कसाहा र लहानका अति संवेदनशील मतदानस्थलको निरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सिराहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।

    प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मानेका एक सय ७० मध्ये बिहीबार दिनभर हरेक स्थानीय तहमा एउटा पर्ने गरी नमुनाका रूपमा मतदानस्थल निरीक्षण गरिनेछ। जिल्ला सुरक्षा समितिले विगतमा निर्वाचन बिथोलिएका, झडप भएका र अन्य भूमिगत समूहका सुरक्षा थ्रेट रहेका मतदानस्थलहरूलाई अतिसंवेदनशील मतदानस्थलको रूपमा सूचीकृत गरी सुरक्षाकर्मी परिचालन गरेको उनले बताए।

    स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई सय २१ मतदानस्थलअन्तर्गत चार सय ९८ मतदान केन्द्र तोकिएको छ। जसमा अतिसंवेदनशील एक सय ७०, संवेदनशील ४६ र पाँचवटा मतदानस्थल सामान्य सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

    सिराहाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहमा दुई लाख १९ हजार पाँच सय ६४ पुरुष, एक लाख ९४ हजार छ सय महिला र दुई तेस्रोलिंगी गरी चार लाख १४ हजार एक सय ६६ मतदाता रहेका छन्।

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल