स्थानीय तह निार्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सम्पन्न

    • बैशाख २९, २०७९
    • ३०१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो ।

    एलिना हिंमाङ्ग चौधरी

    लहान,। २९ वैशाख । थानीय तह निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशका ८ वटा र प्रदेश नं.१ को उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

    २०७९ वैेशाख ३० गते हुने स्थानीय तह निार्वाचनमा वदर मत कम गर्ने उदेश्यले आई एफ एस नेपालको सहयोगमा समग्र विकास सेवा केन्द्रको आयोजनामा सिरहाको लहान नगरपालिका र कर्जन्हा नगरपालिका,सप्तरीको सुरुङ्गा र शम्भुनाथ नगरपालिका,धनुषाको जनकपुर उपमाहानगरपालिका र धनुषाधाम नगरपालिका,महोतरीको गौशला नगरपालिका र सोनमा गाउँपालिका,सर्लाही बरहथवा र रामनगर गाउँपालिका,रौतहटको गरुडा र राजदेवी नगरपालिका,वाराको वारगढी गाउँपालिका र पचरौता,पर्साको विरगंज माहानगरपालिका र विन्दावासनी गाउँपालिकाका १७ वटा पालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम गरिएको समग्र विकास सेवा केन्द्रको कार्यकारी निर्देशक डा.प्रेमराज ढुंगेलले जानकारी दिए ।

    उक्त कार्यक्रममा ९ जिल्लाका १७ पालिकाका २३ हजार ७ सय ६० घरधुरीका ७१ हजार २ सय८० जनसंख्यामा समावेश गरेर घरघरमा गएर मतदाता शिक्षा दिएको थियो भने ५१ ठाउँमा नमुना मतदान कार्यक्रम गरेको उक्त नमुना मतदान कार्यक्रममा ५ हजार दुई सयले मतदान गरेका थिए ।

    कार्यक्रम वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मत कसरी हाल्लने र सही तरीकाले कसरी लगाएमा मत सदर हुन्छ । कुन कुन पदमा कति जनालाई मतदिने वारेमा नमुना मतपत्र प्रयोग गरेर, मतदान गर्न जादा के लिएर जाने के के कुरामा ध्यान दिने भन्ने विषयमा समेत जानकारी गराउदै नमुना मतदान केन्द्र वनाएर कार्यक्रम गरेको समग्र विकास सेवा केन्द्रका संयोजक अरुण कुमार चौधरीले वताए।



     

     



    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल