फाईल फोटो ।

काठमाडौं, २८ वैशाख। मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिए । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले गरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन्।

यसैबीच चुच्चे नक्सामा समेटिएको क्षेत्रमा पनि चुनाव हुन्छ त ? भन्ने प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा चुनाव गर्ने व्यवस्था गरेको बताए। थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा चुनावको व्यवस्था गरिएको बताए।

यसैबीच आयोगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने तयारी गरेको छ। वैशाख ३० गते एकै चरणमा पालिका चुनाव हुँदैछ।