सिरहामा बागी उम्मेदवार सहित १५ जना माओवादीबाट निस्कासित

    • बैशाख २७, २०७९
    • ७४१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २७ वैशाख । कर्जन्हा नगरपालिाकामा वागी उम्मेदवारी दिएका युगेश्वर राउत सहित १५ जनालाई नेकपा माओवादी केन्द्रबाटबाट निस्कासित गरेको छ। पार्टीको निर्ण विरुद्ध उम्मेदवारी दिएको र उम्मेदवारलाई सघाएको भन्दै उनीहरुलाई कार्वाही गरेको हो।

    कर्जन्हा नगरपालिकामा माओवादीले निवर्तमान मेयर गंगा पासवानलाई पुनः मेयर उम्मेदवार बनाएपछि माओवादीका युगेश्वरप्रसाद राउतले बागी उम्मेदवारी दिएका थिए । उनै बागी उम्मेदवार राउतलाई सहयोग गरेको भन्दै माओवादी मधेस प्रदेश कमिटीले जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुरसहितलाई कारबाही गरेको हो।

    माओवादी मधेस प्रदेश इन्चार्ज गणेश साहले जारी गरेको विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र उनलाई सहयोग गरेकाहरुलाई कारबाही गरिएको उल्लेख छ ।

    जिल्ला समन्वय समितिका सभापति ठाकुर, मेयरका बागी उम्मेदवार राउत, रामअवतार राई, शक्ति लामा, दिलीप नायक, रामनरेश राउत, जयराम साह, रामभरोस यादव, ओमप्रकाश महतो, केदार कोइराला, शुभनारायण महतो, चन्द्रदीप महतो, ललिता लामा, भरत महतो र श्याम लामालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

    यसअघि सिराहाको गोलबजार नगरपालिकामा मेयरका बागी उम्मेदवार रामचन्द्र महतो, उपमेयरकी उम्मेदवार बास्ना मोक्तान, वडा नम्बर ६ का अध्यक्ष उम्मेदवार कमल स्याङ्वो, प्रदेश सदस्य प्रवेश लामासहित ६ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी माओवादीले कारबाही गरेको थियो ।

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल