कर्जन्हा नगरपालिकाका स्वतन्त्र मेयर पदका युगेश्वर राउत र उपमेयर पदका कल्याणी ढुङ्गाना स्थानीयसँग मत माग्दै।

 

सिरहा, २३ वैशाख। कर्जन्हा नगरपालिकाका लागि स्वतन्त्र उम्मेदवार नेकपा माओवादी केन्द्र र नेकपा एमालेको लागि टाउको दुखाई वनेको छ। लामो सयम शिक्षण पेशामा रहेका माओवादी निकटका युगेश्वर राउत र सेवा निर्वित शिक्षक कल्याणी ढुङ्गानाले मेयर उपमेयर पदमा उम्मेदवारी दिएपछि दुवै पार्टीको टाउको दुखाईको विषय बनेका हो।

333

राउतले स्थानीय तह निर्वाचनमा भाग लिने मनसायले नै केहि महिना अघिमात्र शिक्षक पदबाट राजिनामा दिएका थिए। ढुङ्गाना नेकपा एमालेका कर्जन्हा नगर पालिका मेयर पदका दावेदार थिए। नेकपा माओवादी केन्द्रले निवर्तमान मेयर गंगा पासवानलाई दोहर्याएपछि र एमालेले भोला पोखरेललाई मेयर पदको उम्मेदवार वनाएपछि राउत र ढुङ्गानाले स्वतन्त्रको प्यानल बनाई उम्मेदवारी दिएका हुन्।

उनीहरुले सवै ११ वटै वडा सदस्य सम्मकै उम्मेदवारी दिएका छन।

राउत र ढुङ्गाना प्यानलले स्वतन्त्र उम्मेदवारी अहिले दुवै पार्टीका लागि टाउको निर्णयक मतलाई विभक्त गर्ने अवस्थामा रहेको आकलन गर्न थालिएको छ।

raut & dhungana 1

संगठनको आधार, अघिल्लो निर्वाचन परिणामले माओवादी र एमाले वलियो देखिएपनि दुवै दलबाट स्वतन्त्र समूहमा उम्मेदवारी दिएपछि उनीहरुको मत छरिने भय दुवै दलमा छ।

अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका गंगा पासवानले ४ हजार ३ सय ९ मत ल्याएर विजयी हासिल गरेका थिए। नेकपा एमालेका रामदयाल महतो ३ हजार १ सय ९० मत ल्याएर दोस्रो भएको थियो।

यो पटक को निर्वाचनमा रामदयाल महतोको छोरा प्रभाष महतो नेकपा (एकीकृत समाजवादी) बाट मेयर पदका उम्मेद्वार भएकाले पनि एमालेलाई अझ समस्या थपीएको छ। यसले पनि एमालेलाई थप झट्का पुगेको स्थानीयहरु बताउँछन्।
माओवादीको बलियो संगठन रहेको यो पालिकामा पार्टीभित्रकै बागिले तनाव थपीएको छ। सहजै निर्वाचन जितिने भनिएको कर्जन्हा अहिले माओवादीको लागिपनि समस्या भएको छ।

यो सँगै निवर्तमान मेयरका व्यक्तिगत कारणपनि माओवादीको मत यो पटक नियन्त्रण बाहिर पुगेका पार्टीकै नेता कार्यकर्ताहरु बताउँछन्। उनीहरु पदमा रहँदा मेयर कतिपय कामका कारण पार्टीभित्रनै समस्या भएकाले माओवादीलाई थप जटीलता भएको बताइन्छ।

समस्याकै विचमा पनि माओवादी र एमाले बिच नै प्रतिस्पार्धा हुने धेरैको आकलन छ। स्वतन्त्र तेस्रो स्थानको उम्मेदवारको रुपमा देखिएको छ।

तर, स्वतन्त्र उम्मेदवारी दिएकाहरु प्नि आफूहरु वार्डहरु सहित जितको धेरै नजीक पुगिसकेको बताउँछन्। उनीहरु स्थानिय जनताकै जोडबलमा आफूहरुले उम्मेदवारी दिन बाध्य भएकाले जनताको साथ रहेको जिकिर गर्छन। उनीहरु अहिले घरदैलोको अवस्थामा रहेको भन्दै अरुले देखेको भन्दा अवस्था धेरै अगाडी रहेको बताउँछन्।

कर्जन्हामा १० हजार ६ सय ८५ पुरुष र ९ हजार ७ सय ८२ महिला सहित २० हजार ४ सय ६७ मतदाता रहेका छन।
नयाँ र पुराना पार्टीहरु पनि चुनावमा होमिएकाले मत विभाजन हुने अवस्था पनि रहेको आकलन गरिएको छ ।