सिरहा, २१ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहाले पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश धिकारीमाथि आक्रमण गर्नेलाई कार्वाही गर्न माँग गरेको छ।
जसपाका सिरहा जिल्ला अध्यक्ष अशोक यादवले आज विज्ञप्ती जारी गर्दै अधिकारी माथी आक्रमण गर्ने नरहा गाउँपालिका बडा नं. ३ बस्ने ४५ वर्षीय पवित्र नारायण यादव लगायतका व्यक्तिलाई कार्वाही गर्न माँग गरेका हुन्।
अधिकारीमाथि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ंगोलबजार र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजीक बा. २ झ ३६५१ सेतो नम्वरको सरकारी गाडी चढेर आईरहेको बेला आक्रमण भएको हो । उनीमाथि यादव सहित १५÷२० जनाको समूहले आक्रमण गरेको भन्दै यस्तो निन्दनिय कार्यगर्नेहरुलाई अविलम्ब कार्वाही गर्न जारी विज्ञप्तीमा उल्लेख गरेको छ।
आक्रमणबाट अधिकारी समान्य घाईते भएको छ । अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुन्धान प्रहरीको् भईरहेको बताइएको छ। प्रहरीले अक्रमणकारीको खोजी गरिरहेको र घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ।