सिरहा, २१ वैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विश्वनाथ साहले सिरहाको गोलबजार माओवादी केन्द्रको किल्ला रहेको बताएका छन् । वैशाख ३० हुन गईरहेको स्थानिय चुनावको प्रचार प्रसारको क्रममा गोलबजार नगरपालिका वडा नं. ३ ले आयोजना गरेको चुनावी र्यालीलाई सम्बोधन गर्दै पुर्वमन्त्रि समेत रहेका साहले गोलबजार माओवादी केन्द्रको लाल किल्ला रहेकोले जित सुनिश्चित रहेको दाबी गरेका छन्।
उनले भने, ‘गोलबजार माओवादी केन्द्रको लाल किल्ला हो, लाल किल्ला रहि रहनेछ, तसर्थ, माओवादीको जित कसैले रोक्न सक्दैन् ।’ पार्टीको मधेश प्रदेश समितिका सह–ईन्चार्ज समेत रहेका साहले माओवादी केन्द्रलाई मतदान गर्न आम मतदातासँग आग्रह समेत गरेका छन् ।
नेता साहले स्वतधन्त्र उम्मेदवारी दिएकाहरुलाई लक्षित गर्दै बाटो विराएका साथीहरुलाई पुनः पार्टीमा आउन आग्रह समेत गरे। उनले भने, ‘अहिले पनि केही विग्रिएको छैन, तपाईहरु सहि ठाउँमा आउनुहोस्, सवैले मिलेर पार्टीलाई जिताऔं, यसैले सवैको भलो हुन्छ।’
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद जगत यादवले देशमा माओवादीको कारणले परिवर्तन आएको जिकिरका गरेका छन् । उक्त परिवर्तनलाई संस्थागत गर्न माओवादीको जित्नु जरुरी रहेको बताए ।
पार्टीका गोलबजार नगरपालिकाको मेयरका उम्मेदवार देवनाथ साहले जित सुनिश्चित रहेकोले सबैलाई एकजुट भएर मतदान गर्न आग्रह गरेका हुन् । र्यालीमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको हजारौंका सहभागिता रहेका छन् ।