सिरहा, २० वैशाख । वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा सिरहाको गोलबजार नगरपालिकामा जनता समाजबादी पार्टी (जसपा) र नेकपा (एकिकृत समाजवादी) बिच तालमेल भएको छ ।

एकिकृत समाजबादीको तर्फबाट गोलबजार नगरपालिकामा कुनैपनि उम्मेदबार नरहेकोले उक्त पार्टीले जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गर्ने सहमति जनाएको छ ।

जसपाका नगर अध्यक्ष हरी नारायण यादब र एकिकृत समाजबादी पार्टीका नगर अध्यक्ष हिरालाल सिंहद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा एकिकृत समाजबादीले जसपाका चुनाव चिन्ह छाता छापमा मतदान गर्ने उल्लेख गरिएको छ ।