बारा, १९ बैसाख । स्थानीय निर्वाचनको माहौलले सिङ्गै देश तातेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा जुटेका छन् ।

BARA 2

निर्वाचन आयोगले उमेदवार र दलहरुलार्य स्पष्ट रुपमा आचार संहिताको जानकारी गराउँदै पालना गर्न कडाइ निर्देशनसमेत दिइसकेको छ । साथै निर्वाचन आयोगलगायत विभिन्न संघ संस्थाहरुले पनि उम्मेदवार र दलहरुले आचार संहिता पालना गरे नगरेको स्वतन्त्र रुपले अनुगमन पनि गरिरहेका छन् ।

333

तर बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको खुलमखुल्ला धज्जी उडाउँदै प्रचार प्रसार गरिरहेका छन् । एमालेका मेयर उपमेयरसहितका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित गाडी पूरै ढाक्ने गरी चुनाव चिन्ह र उम्मेदवारको फोटो अंकित फ्लेक्स व्यानर लगाएर निर्वाचन प्रचार प्रसार गरिरहेका छन् ।

लोसपाका जितपुरसिमरा उपमहानगरका मेयरका उम्मेदवार सञ्जयकुमार साह र उपमेयरकी उम्मेदवार विपी मोक्तानले आफ्नो दलको चुनाव चिन्ह साइकलसहितको उम्मेदवारको फोटो भएको फ्लेक्स व्यानरले ना ५ च १७७२ नम्बरको गाडी ढाक्ने गरी प्रचार गरिरहेका देखिन्छन् ।

त्यसैगरी एमालेका उमेदवारहरुले गाडी नै ढाक्ने गरी फ्लेक्स व्यानर प्रदर्शन गरी निर्वाचन प्रचार प्रसार गरिरहेका छन् । एमालेका तर्फबाट वडा नं. ७ का अध्यक्षका उमेदवार सुनिल गुप्ताले निर्वाचन आचारसंहिता उलंघन हुने गरी प्रचार गरेका हुन् ।

निर्वाचन आचार संहिता २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा ड र ढ मा उम्मेदवारको वा दलको चुनाव चिन्ह वा झण्डाअंकित लोगो व्यानर, डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड टिसर्ट आदि प्रयोग गरेर प्रचार गर्न नपाउने स्पष्ट उल्लेख गरिएको छ ।

त्यसैगरी दफा १३ मा उम्मेदवारले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारी साधन निर्वाचन आयोगको कार्यालयबाट अनुमति लिई मात्रै प्रयोग गर्न पाउने प्रावधान राखिएको छ । त्यसैगरी ती सवारी साधनको स्वरुप परिवर्तन गरेर वा ढाक्ने गरी प्रचार सामग्री राख्न पाइने छैन भनेर उल्लेख गरिएको छ । यदि त्यसो गरेको पाइएमा सो कार्यलाई निर्वाचन आचारसंहिता उलंघन गरेको ठहर हुने र तत्काल त्यसलाई रोक्न लगाउने वा अटेरी गरेमा उम्मेदवारी रद्ध र जरिवाना हुने व्यवस्थासमेत उल्लेख गरिएको छ ।

278938509_2028786777327579_1668318783671168787_n 1