सिरहा, १८ वैशाख । तीब्र शहरीकरण हुँदै गरेको गोलबजार नगरपालिकाका निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रबाट यही वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा मेयर पदका उम्मेद्वार हुन्, देवनाथ साह । पछिल्लो स्थानीय तहको निर्वाचनपछि आफ्नो नेतृत्वमा नगर क्षेत्रमा थालनी गरिएका नगर स्तरीय गौरवका योजनाहरु पूरा गर्न र नगरलाई जिल्लाकै नमूना बनाउन पुनः मेयर पदमा आफ्नो उम्मेद्वारी रहेको बताउँछन्, साह । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, पूर्वाधार विकासको क्षेत्रमा नगरपालिकाले महत्वपूर्ण कामहरु गरेको साहले बताए ।

जस्ताको छानारहित विद्यालय, सामुदायिक विद्यालयको पठनपाठनमा स्तरोन्नति, नगरभित्रै विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पताल, कृषिमा आधुनिकीकरण, विद्युतीकरणमार्फत् निःशुल्क कृषि सिंचाइ, भूमिहीन कृषकहरुलाई करार खेतीका लागि भाडामा जग्गा उपलब्धता, महिला उद्यमशीलता कार्यक्रम, युवा स्वरोजगारका लागि तालिम र ऋणको लागि सहजीकरण, समुदायस्तरबाटै योजना संकलन गर्ने लगायतका योजनामा काम गर्न आफूलाई जनताको साथ चाहिएको गमक पोष्टसँग मेयर पदका उम्मेद्वार साहले बताए । बाँकी भिडियोमा ........