सिरहा, १८ वैशाख। यहि वैशाख ३० गतेहुन गईरहेको स्थानीय तह निर्वाचनमा मतदाता प्रभावित पार्नेगरी नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सकलदेव यादवले बाटो मर्मतको नाममा टुक्रा इँटा खसालेको भन्दै स्थानीय तथा अन्य दलका उम्मेद्वारहरुले विरोध जनाएको छ। निर्वाचन आचार संहिता विपरीत मतदाता प्रभावित पार्नेगरी गोलबाजर नपा ४ निपनियाँ कुटिटोलको बाटो मर्मत गर्न लागेको भन्दै उनीहरुले विरोध जनाएको हो।

333

जनता समाजवादी पार्टीबाट सोही वडाका उम्मेद्वार हरिनारायण यदवले आचारसंहिता विपरित गतिविधि गर्दा पनि स्थानीय प्रशासनले वेवास्ता गरेको आरोप लगाएको छ। यादवले आफ्नो फेसबुक वालमा, ‘आचारसंहिताको उलङेघनगर्दै नेपाली काँग्रेसको वडा अध्यक्षका उम्म्द्वारले बाटो मर्मत गर्दापनि स्थानीइ प्रशासनले वेवास्ता गरेको लेखेको छ।’

गोलबजारका निर्वाचन अधिकृत शिव प्रसाद आचार्यले आफूले जानकारी पाएलगतै स्थानीय प्रहरीमार्फत काम रोक्न लगाएको बताए। एनले भने, ‘म आचारसंहिताकै विषयमा वैठक भएकाले सिरहमा थिएँ, मैले जानकारी पाउने वित्तिकै प्रहरीलाई पठाएको छु, बाँकी मैले बुझेको छुइन्।’

यता इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले खवर पाउने वित्तिकै तत्काल त्यहाँ पुगेर एक पटकलाई सचेत गराएको बताए। उनले कसले खसालेको भन्ने अझै नखुलेको बताउँदै जस्ले गरेको भएपनि अव नगर्न सचेत गराएको बताए।

278938509_2028786777327579_1668318783671168787_n