सिरहा, १७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मिर्चैया नगरपालिकामा मेयर पदकालागी पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश विभाग प्रमुख ५४ वर्षिय रामप्रताप साह (भोला) ले उम्मेद्वारी दिएका छन् । उनले आफ्नो उम्मेद्वारीदिनुको उद्देश्य सुनाउँदै नगर र राष्ट्र विकासको लागि भ्रष्टाचार बाधक भएको भन्दै शुशान कायमगर्ने मुख्य ऐजेण्डा रहेको बताए । उनले आफ्नै अध्यक्ष राजेन्द्र लिङ्देनको शब्द सापटी लिँदै ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत पिउनु जस्तै हो’ भन्दै म भष्टचार गर्दिन र गर्नपनि दिन्न भने । मेयरका उम्मेद्वार साहले गमक पोष्टसँगको सम्वादमा भने विभिन्न शिपमुलक तालिमहरु दिएर प्रत्येक वर्ष एह जारभन्दा बढी युवा स्वरोजगार, कृषिमा वास्तविक किसानलाई प्रोत्साहन सहितको अनुदान, शिक्षामा क्रमिक रुपमा सामुदायिक विद्यालयहरुमा अँग्रेजी र स्थानीय भाषाको विषयको प्रवेश, स्वास्थ्यक्षेत्रमा पाँच वर्ष भित्र प्राथमिक स्वास्थ्य केन्द्रलाई सय वेडको अस्पतालमा वृद्धि, शान्ति सुरक्षा, युवा पुस्तामा भयावहरुपमा देखियको कुलत नियन्त्रणमा भूमिका निर्वाह गर्ने जस्ता योजना बनाएका छन्। उनी आफ्नो टिमले चुनाव जित्ने र योजनाहरु कार्यान्वयन गरेर नमुना नगर बनाउनेमा ढुक्क छन। बाँकी भिडियोमा ......