सिरहा, १६ वैशाख। यहि वैशाख ३० मा हुने स्थानीयतह निर्वाचनकोलागि उम्मेद्वारी दर्ता गराएका एक मेयर र एक उपमेयर सहित १० जनाले उम्मेद्वारी फिर्ता लिएका छन्।
नेकपा (एकीकृत समाजवादी) का तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेद्वार धर्मनाथ महतो र उपमेयर पदका उम्मेद्वार गोमा लम्साल सहित १० जनाले उम्मेद्वारी फिर्ता लिएका हुन्।
नेकपा एसकै तर्फबाट वार्ड नम्वर ६ का वडा अध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यले पनि उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत शिव प्रसाद आचार्यले जानकारी दिए।
त्यसैगरी स्वतन्त्र उम्मेद्वारी दिएका वडा नम्वर १२ र १३ का वडा अध्यक्ष, वार्ड नम्वर ५ का महिला सदस्यले पनि उम्मेद्वारी फिर्ता लिएको अधिकृत आचार्यले जानकारी दिए।
जिल्लामै सबैभन्दा बढी उम्मेद्वारी परेको छ। मेयर पदका लागि २९, उपमेयर १७, १३ वटा वडाका लागि वडाध्यक्ष ९०, खुला सदस्य एक सय ३६, महिला सदस्य ६४ र दलित महिला सदस्य ६८ गरी चार सय दुई जनाको उम्मेदवारी दिएका थिए। जसमध्येय आज एक मेयर र एक उपमेयर सहित १० जनाको नाम फिर्ता आएको हो।
त्यसैगरी, मिर्चैया नगरपालिकाबाट एक उपप्रमुख, दुई जना वडाध्यक्ष, एक जना सदस्य सहित ४ जनाले उम्मेद्वारी फिर्ता लिएको जनाएको छ ।