काठमाडौं, १६ वैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानको शौचालयमा लुकाएर सुन तस्करीगर्न खोजेको सुनसहित पाँच जनालाई पक्राउ गरेको छ। हिमाल एयरको विमान शौचालयमा दुई केजी तीन सय ३२ ग्राम सुन लुकाएर सुन तस्करी गर्न आरोपमा तीन जना कर्मचारीसहित पाँचजनालाई पक्राउ गरेको हो ।

333

बिहीबार दुबईबाट काठमडौं आएका हिमाल हिमाल एयरका विमानको शौचालयबाट सुन तस्करी गर्न खोजेको आरोपमा पाँचथर याङवरक गाउँपालिका ४ का २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका ५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका २ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका २ का ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरुङ्गा नगरपालिका ४ का ३६ वर्षीय ताराकान्त चौधरी रहेका छन् । तामाङ, माबो विमान सफाई कर्मचारी र चौधरी सुपरभाइजर हुन्।


एसएसपी ढकालका अनुसार हिमालय एयरको विमानको शौचालयमा लुकाइएको सुन पास गराउन खोजेको र चेकजाँचका क्रममा पाँच जना पक्राउ परेको बताए,।

उनले बरामद सुनसहित पाँच जनालाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको जानकारी दिए।

278938509_2028786777327579_1668318783671168787_n