राजविराज, १४ वशाख । सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष पदका लागि जसपाका तर्फबाट उम्मेदवारी दत्र्ता गराउनुभएको सुनित कुमार यादव बिरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।
नेपाली काँग्रेसको तर्फबाट सो वडाको वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएका मोलाकान्त यादवले जसपाका उम्मेदवार यादवको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृत कार्यालय उजुरी दर्ता गराएका हुन्।
गत २०७४ सालको स्थानीय तह निर्वाचनबाट वडाअध्यक्षमा निर्वाचित सुमित कुमार यादवको नाममा जिन्सी रहेको बोदे बसाईन नगरपालिका कार्यालयको एमहा कम्पनिको एस जेड मोडलको स. १ ब ९०५६ नम्बरको मोटरसाईकल हालसम्म नगरपालिका कार्यालयको जिन्सी साखामा दाखिला नभएको र उम्मेदवार हुनुपुर्व नेपाल सरकारको सम्पति फिर्ता बेरुजु फर्छौठ जिन्सी सामग्री बरबुझारथ गर्नुपर्ने कानुनी व्यवस्था भएपनि सो नगरिएकाले उनको उम्मेदवारी खारेज गर्नुपर्ने माग उजुरीमा गरिएको छ।
वर्तमान वडाअध्यक्ष यादवबाट मोटरसाइकल जिन्सी दाखिला नगरी नगरपालिकाको गत २०७८ चैत २९ गते बसेको आठौं नगरसभाबाट जिन्सी मिनाहा गरेको र सो अधिकार नगरसभालाई नरहेको तर नेपाल सरकारको सम्पति हिनामिना गरेकोले जसपाका तर्फबाट वडाअध्यक्षका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नुपर्ने उजुरीमा जिकिर गरिएको छ ।