सिरहाको सिरहा, गोलबजार र कर्जन्हा नगरपालिकाका उपमेयरका उम्मेद्वारहरु क्रमशः शशिमित्रा माझी मुसहर, शान्ति सदा र निर्मला पासवान।

 

सिरहा, १३ वैशाख। स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार सिरहाका तीन स्थानीय तहमा उपमेयर पदका लागि दलित महिलाले उम्मेद्वारी दिएकी छन्। गोलबजार नगरपालिकामा नेपाली काँग्रेसबाट शान्ति सदा, सिरहा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)बाट शशिमित्रा माझी मुसहर र कर्जन्हा नगरपालिकामा नेकपा एमालेको तर्फबाट निर्मला पासवानले उम्मेद्वारी दिएकी हुन्।

278102246_1071247807081842_5904883143990559740_n

स्थानीयतहको निर्वाचनमा प्रायः दलित महिला वडा सदस्यसम्म उम्मेदवार बनाइने मुसहर समुदायका दुई जना महिलाले उपमेयरको पदमा उम्मेदवारी दिनु पनि मुहसर समुदायमा राजनीतिक जागरण बढ्दै गएको संकेत रहेको राजनीतिकर्मीहरु बताउँछन्।

सर्लाहीको चन्द्रनगर माइती भई सिरहाको मखनाहा विवाह भएकी मुसहर स्टाफ नर्स हुन् । चिकित्सक श्रीमान डा. दिलिप सदालाई सघाउँदै जनता समाजवादी पार्टीको राजनीतिक सकृय रहेकी उनी पार्टीको सिरहा नगर समिति र महिलाको प्रदेश समितिको जिम्मेबारीमा समेत रहेकी छन्।

कांग्रेसबाट गोलबजारमा उपमेयर उम्मेदवार बनेकी शान्ति राजनीतिमा नयाँ अनुहार भएपनि गीत संगीतमा रुचि राख्नेहरुका लागि नयाँ भने होइनन् ।

जिल्लाको पश्चिमी भेगमा पर्ने कर्जन्हा नगरपालिकामा नेकपा (एमाले) ले दलित महिला संघकी पूर्व अध्यक्ष तथा दलित महिला अधिकारकर्मी निर्मला पासवानलाई उपमेयर उम्मेदवार बनाएको छ। पासवानसँगै सिरहामा तीन स्थानीय तहमा दुई मुसहरसहित दलित समुदायका तीन जना उम्मेदवार बनेका छन्।

दलित जनघनत्व रहेको कर्जन्हामा पपुलरमत तान्नकै लागि पासवानलाई एमालेले उम्मेद्वार बनाएको चर्चा छ। गोलबजार नगरपालिकामा पनि दलित समुदयको राम्रो उपस्थिति छ। दलित मतलाई प्रभाव पार्ने ढङ्गले नेपाली काँग्रेसले नयाँ अनुहार अघि सारेको जानकारहरु बताउँछन्।

278335338_360710746006172_5298258433322323470_n