सिरहाको गोलबजार नगरपालिकामा उम्मेद्वारी मनोनयन दर्ता गर्न आएका नेकपा माओवादी र नेकपा एमालेका मेयर उपमेयरका मउम्मेद्वारहरु । साथमा नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठ।

 

सिरहा, १३ वैशाख। आगामी ३० वैसाखमा हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त मुख्य दलहरुले जिल्लाका अधिकांश स्थानीय तहमा पुरानै अनुहारलाई निरन्तराता दिएका छन् । एमालेले लहानमा निवर्तमान मेयर मुनि साह सुडी र उपमेयरमा सरियारकुमारी चौधरीलाई पुनः उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले क्षेत्रीय सभापति महेश चौधरीलाई मेयर उठाएको छ भने जनता समाजवादी पार्टीले उपमेयरमा दुई जनाको उम्मेदवारी दिएको छ।

GBRBS3

सिरहाको गोलबजार नगरपालिकामा उम्मेद्वारी मनोनयन दर्ता गर्न आएका नेकपा माओवादी उम्मेद्वार तथा नेता कार्यकर्ता ।

 

धनगढीमाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित निवर्तमान मेयर हरिनारायण चौधरी र उपमेयर फुलकुमारी श्रेष्ठलाई पुनः उम्मेवार बनाएको छ भने एमालेबाट स्थानीय तह निर्वाचन २०७४ मा तेस्रो स्थानमा रहेर पराजित भएका शिवशंकर महतोलाई मेयर र उपमेयरमा शोभा बराललाई उठाएको छ। नेपली कांग्रेसका जिल्ला सभापति समेत रहेका संविधानसभा सदस्य रामचन्द्र यादव आफैले धनगढीमाईको मेयरको उम्मेदवारी दिएका छन्।

माओवादी केन्द्रबाट निर्वाचित गोलबजारका निवर्तमान मेयर देवानाथ साह र उपमेयर रेशमकुमारी थापा, मिर्चैयाका मेयर श्रवणकुमार यादव, कर्जन्हाका मेयरगंगा पासवान र उपमेयर ज्ञानकुमारी श्रष्ठ पुनः उम्मेदवार बनेका छन्। कर्जन्हामा एमालेबाट भोला पोखरेल र निर्मला पासवान क्रमशः मेयर उपमेयरको उम्मेदवार बनेका छन्।

333

जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिकामा जनता समाजवादी पार्टीबाट निवर्तमान मेयर अशेश्वर यादव पुनः मेयर र जसपाकी महिला नेतृ दलित समुदायकी शशिमित्रा माझी मुसहरले उपमेयरको उम्मेदवारी दिएका छन्।

जिल्लाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका र गोलबजार नगरपालिकामा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी परेको छ। कर्जन्हामा युगेश्वर राउत मेयर र कल्याणी ढुंगानाले उपमेयरमा स्वतन्त्र बाघी उम्मेदवारी दिएकाछन्। त्यस्तै, गोलबजार नगरपालिकामा रामचन्द्र महतो मेयर र बासना मोक्तानले उपमेयरमा स्वतन्त्र रुपमा बागी उम्मेदवारी दिएका छन्।

नवराजपुर गाउँ पालिकामा नेपाली काँग्रेसबाट निवर्तमान अध्यक्षले नै उम्मेद्वारी दिएका छन्। सिरहाका १७ वटै स्थानीयतहबाट निर्वाचित मूख्य पदका प्रतिनिधी दोहरीएका छन्।

सखुवानन्नकाकट्टी गापामा नेकपा (एकीकृत समाजवादी)बाट निवर्तमान पालिका अध्यक्ष केदार यादव, औरहीका गापामा सिदार्थ यादव, नेकपा माओवादी केन्द्रबाट अर्नमा गापाका निर्वतमान अध्यक्ष ठक्कु महतोले उम्मेद्वारी दिएका छन्।

अन्य पार्टीहरुले पनि २०७४ को निर्वाचनमा उठाएका उम्मेद्वारहरुलाई निरन्तरता दिएका छन्।

278335338_360710746006172_5298258433322323470_n