सिरहा, १२ वैशाख। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विवेकशिल साझा पार्टीले गोलबजार नगर पालिको दुवै मुख्य पदमा महिलाले उम्मेद्वारी दिएका छन्।
पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार गोलबजार नपा ६ का सरिता कुमरी गुप्ता र उपमेयरमा रिता कुमारी सिंहलाई उम्मेद्वार बनाएका हुन्।
उनीहरु दुवैजना पार्टीका सक्रिय सदस्य रहेको बताईएको छ। पर्टीले महिलाहरुलाई नै विश्वास गरेर उम्मेद्वार बनाएको गुप्ताले बताए। मनोनय दर्ता गराउन आएका गुप्ताले आफूहरु दुवैजना जिम्मेवारी सम्हाल्न सक्षम रहेको पनि जिकिर गरे।
उनले भने, ‘हामी महिलाहरु पनि सक्षम छौं, त्यसैले हामीलाई पार्टीेले उम्मेद्वार बनाएको हो, हामीले उम्मेद्वारी पनि दियौं, अव जे हुन्छ, जनताबाट हुन्छ।’