सिरहा, १२ वैशाख। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आज दोस्रो ५ बजेसम्ममा सवैपदका एक हजार ५ सय २६ जनाको मनोनय दर्ता भएको छ ।
सिरहाको १७ वटै पालिकाको दल र स्वतन्त्रगरी प्रमुखमा एक सय २४, उपप्रमुखमा ७५, वडा अध्यक्षमा ३ सय ६८, वडा सदस्यमा ४ सय ६८, महिला सदस्य २ सय ३६ र दलित महिला सदस्यमा २ सय ४० गरी एक हजार ५ सय २६ जनाको मनोनय दर्ता भएको हो।
दलका उम्मेद्वारहरु प्रायः ३ बजेपछिमात्रै आएकाले उहाँहरुले बुझाएको फाईल रुजुगर्नेकाम भईरहेको र दर्ता प्रकृया जारी रहेको मूख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए।
उनले आफूहरुले अपरान्ह ५ बजेसम्म आएका सवै दल र स्वतन्त्र उम्मेद्वारहरुको उम्मेद्वारी मनोनय फाईल बुझ्ने र रुजुगर्ने काम अझै गरिरहेको बताए । त्यसैले अहिले नै यति मनोनयन परेको भन्न सकिने अवस्था नगरहेको मुख्य निर्वाचन अधिकृत खरेलले बतए।
अनलाईन दर्ता प्रकृया भएकाले केही समय लाग्ने भएकाले भोली विहानमात्र एकीन सख्या भन्न सकिने बताए।