सिरहा, १२ वैशाख। नेकपा माओवादी केन्द्रका रामचन्द्र महतोले यहि वैशाख ३० गतेहुने स्थानीय तह निर्वाचनको लागि स्वतन्त्र मेयर पदमा उम्मेद्वारी दिएको छ। उनले पार्टीले आफूमाथि घात गरेको भन्दै स्वतन्त्र उम्मेद्वारी दिएको बताएको छ।
सत्ता र पावरको दुरुपयोग गर्दै पाटिको टिकेट बाडेको भन्दै माओबादिकेन्द्रका प्रदेश सदस्य समेत रहेका मतोले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन बाध्य भएको बताए।
उनीसँगै नेकपा माओवादी वासना मोक्तानले उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनीहरु पार्टीको झण्डा व्यानर सहित नारा जुलुस गर्दै उम्मेद्वारी दर्ता गराउन गएका थिए।
उनीहरुले पनि सवै वडाबाट समेत उम्मेद्वारी दिएको बताइएको छ।