सिरहा, १२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आज दोस्रो दिनको मनोन दर्तामा मूख्य दलका प्रमुद पदका उम्मेद्वारहरु पुरानै हनुारकाले उमेदवारी दिएका छन्।

srijana

नकपा माओवादी केन्द्रको तर्फबाट निवर्तमान मेयर देवनाथ साह र उपमेयर रेशम कुमारी थापालाई नै दोहर्याएका छन्। पार्टीले १३ वटै वडामा उम्मेद्वारी दिएको छ। नेकपा माओवादी केन्द्रले यस पालिकाको १३ वडा मध्येय ९ वटा वडा सहित पालिका जितेका थिए।

नेकपा एमालेको तर्फबाट मेयर पदमा श्याम श्रेष्ठ र उपमेयरमा मानती साहले उम्मेद्वारी दिएका छन्। नेकपा एमालेले पनि सवै वडामा उम्मेद्वारी दिएको छ। श्रेष्ठले ७४ को निर्वाचनमा पनि उम्मेद्वारी दिएका थिए। उनी मेयर पदका निकटतम प्रतिद्वन्द्वी रहेका थिए।

नेपाली काँग्रेसको तर्फबाट राजदेव साह (लालबावु) मेयर र उपमेयरमा शान्ति सदाले मनोनयन दर्ता गराएका छन्। तीनवटै पार्टीले सवै वडाहरुमा उम्मेद्वारी दिएका छन्। साहले पनि ७४ मा काँग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका थिए।

जनता समाजवादी पार्टीको तर्फबाट मेयरपदका लागि युवा नेता संजीव यादवले उम्मेद्वारी दिएको छ। उपमेयरमा ललिता महतोको उम्मेद्वारी परेको छ।

333

जनता समाजवादी पार्टीबाटै तर्फबाट मनोज सिंह मेयर र शिला देवीयादवले उपमेयरमा उम्मेद्वारी दिएका छन्। उनीहरु दुवै उमेद्वारले आफू आधिकारीक भएको दावी गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) बाट धर्मनाथ महतोले मेयर र गोमा कुमारी लम्साल उपमेयरको उम्मेदवारी दिएका छन्। उनीहरु दुवैजना पार्टीका प्रदेश कमिटी सदस्य हुन।

अहिले सम्ममा गोलबजारमा १४ मेयर र १३ उपमेयरको मनोनयन तर्दा भएको छ। अझै दर्ता प्रकृया जारी रहेको जनाएको छ।

278335338_360710746006172_5298258433322323470_n