सिरहा, १२ वैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट गोलबजार नगरपालिकामा ४४ वर्षिय संजिव यादवले मेयर पदमा उमेद्वारी दिएका छन्। उपमेयरमा पार्टीका जिल्ला सदस्य ३५ वर्षिय ललिता यादवको उम्मेद्वारी परेको छ। दुवैजना पर्टीका जिल्ला सदस्य हुन्।

विवादका विच आज पार्टीले उनीहरुको नाम टुङ्गो लगाएको बताइएको छ ।

यादव मधेश आन्दोलनकाल देखि नै मधेशी जनअधिकार फोरमबाट पार्टीमा कार्यमा सक्रिय रहँदै आएका छन्।

278335338_360710746006172_5298258433322323470_n