सिरहा, १२ वैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा युवा नेता सुधिर साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनले पार्टीले आफ्नो उचित मूल्याङ्कन नगरेको र पार्टीलाई जातिय दलदलमा फँसाएको भन्दै उनले राजिनामा दिएका हुन् ।
उनले आफूलाई पार्टीमा रहँदा साथ सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद समेत दिएका छन्। साहले पार्टी परित्याग गरेको घोषणा गरेपनि तत्काल कुनै पार्टी प्रवेश गर्ने विषयमा केही नसोचेको समेत जनाए।
साह २०७४ को स्थानीय तह निर्वाचनमा सिरहाको गोलबजार नगरपालिका वार्ड नम्वर ४ बाट वडा अध्यक्षको उम्मेदवारी दिएका थिए। उनल्ले सम्मानजनक मत प्राप्त गरेका थिए।