मुख्य दलहरुले पहिलो दिन गराएनन् उम्मेदवारी दर्ता

    • बैशाख १२, २०७९
    • ३६२ पटक पढिएको
    • गमक पाेस्ट

    सिरहा, १२ वैशाख । यहि वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनका लागि सिरहाका स्थानीय तहमा कुनै पनि मुख्य दलले आज पहिलो उम्मेद्वारी दिएको छैन् ।

    333

    नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कुनै पदक उम्मेद्वारले पहिलो दिन मनोनयन पत्र दर्ता नगराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सिरहा काँग्रेसका अझै धेरै स्थानीय तहमा मुख्य पदका उम्मेद्वारहरुको टुङ्गो लागिसकेको छैन । उम्मेद्वार टुङ्याउन छलफलमा जारी रहेको काँग्रेसीहरुले बताएको छ ।

    नेकपा एमालेले धरै तहका लागि उम्मेद्वार टुङ्गो लगाएपनि उनीहरुले समेत आज कतै उम्मेद्वारी मनोदय दर्ता गराएका छैनन् । एमाले पनि सत्ता गठवन्धन दलको उम्मेद्वारीको पर्खाईरमा रहेको छ ।

    पार्टीभित्र धेरै आकाक्षी भएकाले नेकपा माओवादी केन्द्रले पनि अझै पालिका अध्यक्ष तथा मेयर पदका उम्मेद्वारहरु टुङ्गो लगाउन सकेका छैनन् । आकांंक्षीहरु धेरै भएकाले उम्मेद्वार टुङ्गो लगाउन समस्या भएको बताइएको छ ।

    जनता समाजवादीको अवस्था पनि उस्तै छ । उनीहरुले पनि अझै उम्मेदवार नै सहमतिमा टुङ्गो लगाउन सकिरहेको छैन् ।
    आज मनोनयन दर्ताको पहिलो दिन सिरह नगरपालिकामा ४ जना वडा अध्यक्षको उम्मेद्वारी दर्ता भएको छ । जसमध्ये २ जना

    सिके राउत नेतृत्वको जनमत पार्टीका र २ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
    धनगढीमाई नपामा ४ जना मेयर, १ जना उपमेयर, ३ जना जना वडा अध्यक्ष र १ जना वडा सदस्यको उम्मेदवारी परेको छ ।

    त्यसमध्ये एक जना मेयर र उपमेयर राप्रपाको रहेको छ ।

    srijana

    लहान नगरपालिकामा २ जना मेयर र १ जना वडा अध्यक्षको उम्मेद्वारी परेको छ ।

    वरियारपट्टीमा १ जना मेयर, ३ वडा अध्यक्ष, १ दलित महिला र २ जना खुल्ला सदस्यको उम्मेदवारी परेको छ ।

    सुखिपुर नगरपालिकामा १ मेयर, ३ वडा अध्यक्ष र ४ खुल्ला सदस्यको उम्मेद्वारी परेको छ भने लक्ष्मीपुर पतारी गापामा २ मेयर, १ उपमेयर, ६ वटा अध्यक्ष र ६ महिला सदस्यको उम्मेद्वारी परेको छ ।

    अर्नमा र औरही गापामा एकजनाले पनि आज उम्मेदवारी दिएका छैनन् । सवै मुख्य दलहरुले भोली उम्मेदवारी दिने बताएको छ ।

    ab-mall-vacancy 278335338_360710746006172_5298258433322323470_n

    सहकारीको अवचलन छानवि ...

    काठमाडौं, ५ जेठ। सहकारीको अवचलन छानविनकोलागि सत्तारुढ द ...

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल