वीरगञ्ज, ११ वैशाख। आगामी वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनको लागि मनोनयन दर्ताको आज पहिलो दिन वीरगञ्ज महानगर पालिकामा मेयर पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। २ दल र १० जना स्वतन्त्र गरेर १२ जनाले वीरगञ्ज महानगरको मेयरमा मेयर पदको लागि उम्मेदवारी दर्ता गराएका हुन्।

278102246_1071247807081842_5904883143990559740_n

दलका तर्फबाट नेपाल किसान पार्टीबाट गोकर्ण प्रसाद कोइरी र नेपाल सद्भावना पार्टीबाट बिजय कुमार रौनियारले उम्मेदवारी दिएका हुन्।

१० जना स्वतन्त्र उम्मेदवारमध्ये वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ निवासी २२ वर्षीय बिकासराज पटेल कान्छो उम्मेदवारले मनोनय दर्ता गराएका छन्।

२४ वर्षका दुई युवाहरु फिरोज आलम र राधेश्याम साह, ३२ वर्षका कैलाश प्रसाद, ३३ वर्षका संजीव यादव र २५ वर्षका सगिर अलीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

६४ वर्षका राजेन्द्र सिंह भूमिहार पनि स्वतन्त्र उम्मेदवार हुन। उनी सेवानिवृत शिक्षक हुन्।

पर्साको पकाहामैनपुर गाउँपालिका अध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका छन्।

srijana

जनता समाजवादी पार्टी (जसपा) बाट निवर्तमान अध्यक्ष बिजय चौरसिया, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्योति कुमारी, नेपाल सुशासन पार्टीबाट प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिए।

उता जगरनाथपुर गाउँपालिकामा जनता सामाजवादी पार्टीको तर्फबाट अध्यक्षमा कृष्ण मोहन यादवको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।

जनमत पार्टीका तर्फबाट डा.चन्दन चौहानको नेतृत्वमा प्यानलकै उम्मेदवारी परेको निवर्चन आयुक्त चिन्तामणी शर्माले जानकारी दिए।

त्यस्तै जिराभवानी गाउँपालिकाको वडा नम्बर ३ वडाध्यक्ष सहित जसपाको प्यानल र वडा नं ३ मा वडाध्यक्ष सहित नेकपा एकिकृत समाजवादीको २ सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेपाल सुशासन पार्टीको तर्फबाट बृजमोहन चौधरीले उम्मेदवारी दर्ता गरेका छन्।
गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र पासवान, महेश प्रसाद यादव, प्रदेशी महतो, फेकु थारु, मदुसुधन महतो थारु र रामबालक कुम्हालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । ७ जनाले वडाध्यक्ष र अन्य तीन जनाले सदस्यमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत डा.सूर्य प्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै बिन्दवासीनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट अध्यक्षमा प्रमोद तिवारीको प्यानल सहितको उम्मेदवारी दर्ता भएको छ। जनता समाजवादी पार्टीको तर्फबाट निर्वतमान अध्यक्ष श्रीलाल साह कानुको सेटकै उम्मेदवारी दर्ता भएको अरुण कुमार कोइरालाले जानकारी दिए।

त्यस्तै धोविनी गाउँपालिकामा पत्रकार राजाकुमार पटेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षमा एक जना र वडा सदस्यमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कैलाश दाहालले जानकारी दिए।

बहुदरमाई नगरपालिकामा ३ जना वडाध्यक्षको मात्र उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत कैलाश प्रसाद भट्टराईले जानकारी दिए।

पोखरिया नगरपालिकाको मेयरमा राप्रपाबाट जीवनज्योती पासवान, नेपाल सुशासन पार्टीको तर्फबाट मेयरमा शंकर राउत अहिर, उपमेयरमा बिणादेवी, सहित ७ वटा वडाध्यक्ष सहित ३५ जनाको उम्मेदवारी परेको छ भने स्वतन्त्रबाट मेयरमा धर्मराज यादव र उपमेयरमा जयकुमार रजकको उम्मेदवारी परेको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए।

ठोरी गाउँपालिकाको अध्यक्षमा नेकपा एकिकत समाजवादी पार्टीको तर्फबाट गंगा बहादुर खड्काको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत शिजवराज न्यौपानेले जानकारी दिए।

पर्सागढी नगरपालिकामा आज एक जनाको मात्र उम्मेदवारी परेको छ।

278335338_360710746006172_5298258433322323470_n