सिरहा, ९ वैशाख । सिरहाका जनप्रतिनिधीले आफूले प्रयोग गर्दै आएको समावरी साधन सहितमा सामाग्रिहरु धमाधम बुझाउन थालेका छन् । यहि वैशाख ३० गत्ते हुन गईरहेको स्थानीयतहको निर्वाचनमा भागलिन राजीनामा सहित गाडी र उनीहरुले प्रयोग गर्दै आएको सामाग्रि बुझाएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले सो अगावै जनप्रतिनिधीहरुले आफूले प्रयोग गर्दै आएको सामाग्री बुझाउन थालेका हुन् ।
सिरहाको विष्णुपुर गाउँ पालिाकाका अध्यक्ष जागेश्वर यादवले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन, मोवाईल लगायतका सामाग्री बुझाएका हुन् । उनीसँगै सवै वडा अध्यक्षहरुले आफूले प्रयोग गर्दै आएको मोटरसाईकल र मोवाईल बुझाएका छन् ।
आजै एक कार्याक्रमको आयोजना गरी सिरहा नगरपालिकाका मेयर असेश्वर यादवले पनि आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चावि प्रशासकिय अधिकृत बलिराम यादवलाई बुझाएका छन् ।
उनीहरु दुवै जना जनता समाजबादी पार्टीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । दुवै जना पुनः मेयर पदका प्रत्यासी हुन्।