वीरगञ्ज, ९ बैशाख । जिल्ला फुटबल संघ बाराको अध्यक्षमा रामचन्द्र लामा चयन भएका छन् । बाराको कलैयामा बिहिवार सम्पन्न संघको छैठौ अधिवेशनले लामाको अध्यक्षतामा १८ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मातहतको संघको बरिष्ठ उपाध्यक्षमा राजकिशोर धामी चयन, उपाध्यक्षमा खुशी चौधरी र घनश्याम चौधरी, महासचिवमा उदय श्रेष्ठ, सचिव विनोद प्रसाद साह र कोषाध्यक्षमा विनोद गुप्तालाई सर्वसम्मत चयन गरिएको हो ।
संघको कार्यसमिति सदस्यमा महमद समिउल्लाह, कृष्णमणी चौधरी, दुर्गाबहादुर थापा, शम्भुसिंह ठकुरी, दीपेन्द्र लामा मोक्तान लगायत रहेका छन् ।
अध्यक्ष लामा र निवर्तमान अध्यक्ष महमद समिउल्लाहलाई अधिवेशनबाट एन्फाको केन्द्रिय महाधिवेशन प्रतिनीधिको रुपमा चयन गरिएको छ ।
प्रतिनीधि विवादका कारण गत शनिवार उद्घाट भएको अधिवेशन विवाद समाधान गरेर सर्वसहमतिमा कार्यसमिती चयन गरिएको हो ।