सिरहा, ९ वैशाख । मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

278102246_1071247807081842_5904883143990559740_n

नेकपा एकिकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेपछि उनी राजिनामाको तयारीमा रहेको बताइएको छ ।

स्थानीय जनतको माग र पार्टीको आवश्यकता ठानेकाले मन्त्री यादव मेयरमा लड्न तयार हुन्। उनी राजनीनामा दिने विषयमै अहिले छलफलमा रहेको बताइएको छ । सकभर आजै राजिनामा दिने अवस्था आउने स्रोतले बताएको छ।

मन्त्री उनले भने, ‘पार्टीले मेयरमा चुनाव लड्नुपर्ने निर्णय गरेपछि मन्त्री पद छाड्न तयार छौं ।’ उनी दुई महिलना अघिमात्र नेकपा समावादीको तर्फबाट कानून, न्याय तथा प्रदेशसभा मामिला पन्त्री भएका थिए। 

उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठवन्धनबाट सिरहा क्षेत्र नं. ३ ख बाट प्रदेश सासंद निर्वाचित भएका थिए ।

278335338_360710746006172_5298258433322323470_n