प्रथम गोलबजार जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताः एबी मल र धनगढीमाई सेमिफाईनल प्रवेश

    • बैशाख ८, २०७९
    • ६६९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ८ वैसाख । प्रथम गोलबजार जिल्ला स्तरिय क्रिकेट प्रतितोगिताको आज भएको पहिलो खेलमा विजयीहात पार्दै धनढिमार्इ नपा टिम सेमिफाइनल प्रवेश गरेको छ । आजको पहिलो खेल एसीसी मिर्चैया र धनगढिमाइ बिच भएको खेलमा धनगढीमाइ १४ ओभरको खेलमा १० विकेट गुमाएर १ सय ३९ रनको लक्ष्य दिएको खेलका आयोजक राजदेबी युबा क्लबका अध्यक्ष सुरजा साहले जानरी दिए ।

    srijana

    धनगढीमाई टिमबाट अपनर ब्याटिङ गर्न मोहन चौधरी र इर्शाद खान आएको थियो । मोहन चौधरीले २० बलमा २७ रण बनाएर आउट भएको थियो भने, इर्साद खान ५ बलमा सुन्य रण बनाएर आउट भएका खेलका आयोजक साहले बताए।

    तेस्रो नम्बरमा ब्याटिंग गर्न धनगढीमाइ टिमका खेलाडी ऋषि महतो आएका थिए। उनले २९ बलमा ६३ रन बनाएर नटआउट भइ १३९ रनको लछय बिपछी टिमलाई दिन सफल रहेका थिए भने म्यान अफ द म्याच समेत घोसित भएका थिए। त्यसैगरी, एमसीसी मिर्चैयाका खेलाडीहरुले १४ ओभरको खेलमा अलआउट भएर १ सय ६ रन बनाएर आफ्नो जित हासिल गर्न असफल भएका थिए।

    खेलको पहिलो दिन दोस्रो चरण खेल एबी मल गोलबजार र टीवाईसी चोहर्वा बीच भएको थियो । खेलमा टच जितेर एबी मल गोलबजारले बलिंग गर्ने निर्णय गरेका थिए। चोहर्वाले ब्याटिंग गरेर १४ ओभरको खेलमा ११ ओभर खेलेर अलआउट भइ ८० रन्को लक्ष्य दिएका थिए ।

    278102246_1071247807081842_5904883143990559740_n
    टीवाईसी चोहर्वाको तर्फबाट अपनर ब्याटिंग गर्न गणेश यादब र बिनोद मण्डल आएका थिए। बलिंगको पहिलो ओभर लिएर एबी मलका खेलाडी किरण मुखिया आएका थिए। उनले पहिलो ओभरको ४ बलमै १ विकेट झार्न सफल भएको थियो भने चोहर्वाका खेलाडी गणेश यादबले आफ्नो टिमको लागि सुन्य रन बनाएर आउट भएका खेलका आयोजक साहले बताए।


    एबी मल गोलबजारबाट अपनर ब्याटिंग गर्न अनिश यादब र किरण मुखिया आएका थिए। दुवै खेलाडीले ५१ रनको पार्टनरशिप बनाएका थिए। अपनर ब्याट्रर किरण मुखियाले २४ बलमा ४० रण बनाएर म्यान अफ द म्याच घोसित भएका थिए। बलिंगको दोस्रो स्पेल लिएर टीवाईसी टिमका खेलाडी दिप्जल पाँचौ ओभरको चौथो बलमै आफ्नो टिमकोलागि पहिलो विकेट झार्न सफल भएका थिए। दोस्रो नमबरमा ब्याटिंग कुशल मण्डलले ८ बलमा १७ रन बनाएर आफ्नो टिमलाई जित नजिक पुर्याका थिए भने तेस्रो नमबरमा एबी मलका सीइओ टिमका कप्तान पिन्टु राउत आएका थिए। १४ ओभरको खेलमा २ विकेट गुमाएर ११ ओभरमै एबी मल गोलबजारका टिमले आफ्नो जित हासिल गरेका थिए।

    भोलिको खेल पतारी र सिरहा बिच हुने आयोजकले जनाएको छ ।

    278335338_360710746006172_5298258433322323470_n

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल