जनकपुर, ७ बैशाख। लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा सिफारिस जानकीराम साह नेकपा एमालेमा प्रबेश गर्नुभएको छ।

277416838_768835344089663_1584470443919949912_n

नगरप्रमुखका लागि सिफारिस भएपनि पार्टीमा टिकट पाउने अवस्था नदेखेपछि साह लोसपा छोडेर एमालेमा प्रबेश गरेको चर्चा सुरु भएको छ। लोसपाबाट जनकपुरधामको नगरप्रमुखका लागि साह सहित पाँच जनानको नाम सिफारिस भएको थियो।
लोसपामा सक्रिय साह पार्टीबाट नगरप्रमुखमा टिकट पाउने सम्भावना नदेखेपछि उम्मेदवार बन्नकै लागि एमालेमा प्रबेश गरेको हुन सक्ने धेरैको भनाई छ। यद्यपी साहले यसबारेमा मुख खोल्नुभएको छैन्।

‘केबल टिकट पाउनकै लागि त एमालेमा गएको होईन्, जनताको भावना अनुसार गएको हुँ; साहले भने, ‘अब जनताको भावना बुझेर पार्टीले निर्णय लिन्छ ।’ टिकटको लागि पार्टीमा छलफल भईरहेको उनको भनाई छ ।

तत्कालिन राजपाबाट जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ७ को वडाअध्यक्षमा निर्वाचित साह राजधानी काठमाडौं पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीबाट अबिरमाला थापेर एमाले प्रबेश गरेका हुन ।


एमालेबाट केही दिनअघि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा शिवशंकर साह (हिरा) को नाम सिफारिस भएको थियो। साहको प्रबेशसँगै एमालेले जनकपुरधामको नगरप्रमुखमा अब कसलाई नगरप्रमुखको उम्मेदवार बनाउने भन्ने अन्यौल बढ्ेको एमाले धनुषाका नेता श्रवण साहले बताए।


साह एमालेमा हिजो मंगवलार प्रबेश गरिरहदाँ सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव ‘टुटु बाबु’ जनता समाजवादी पार्टी नेपाल (जसपा) छाडेर नेपाली काँग्रेसमा प्रवेश गरे ।
काँग्रेस सप्तरीको कार्यालयमा पुगेर यादव जसपा परित्याग गरी काँग्रेसमा प्रवेश गरे। गत २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जनता समाजवादी पार्टी नेपाल) बाट महदेवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

जनता समाजवादी पार्टी मधेश प्रदेश समितिका सदस्यमा रहेका यादवले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट पाउन समस्या देखेपछि काँग्रेसमा प्रवेश गरेको जसपाका नेताहरुले बताएका छन् ।

सोही कार्यक्रममा महादेवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका ३ का वडाध्यक्ष सुदर्शन सिंह पनि काँग्रेसमा प्रवेश गरे ।

उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादव र जिल्ला सभापति रामदेव साहले पार्टी प्रबेश गराए ।

धनुषाको सबैला नगरपालिकाको नगरप्रमुख चुनाब लड्ने तयारीमा रहेका पत्रकार सुरेश यादव जसपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जसपा निकट प्रेस मञ्च नेपालको मधेश प्रदेशका कार्यवाहक अध्यक्ष समेत रहेका पत्रकार यादवलाई काँग्रेका केन्द्रीय सदस्य आनन्द ढुङ्गानाले पार्टी प्रबेश गराए ।srijana

जसपाबाट नगरप्रमुखका लागि टिकट नपाउने भएपछि यादव जसपा छाडेर काँग्रेसमा प्रबेश गरेको स्थानीयको भनाई छ ।

यद्यपी पत्रकार यादवले आफु बिना लेनदेन काँग्रेसमा प्रबेश गरेको बताउँ छन् । ‘मेयरको टिकटको बिषयमा कुनै ठोस सहमति भईसकेको छैन्’ यादवले भने, ‘तर पार्टीभित्र छलफल भईरहेको छ, टिकट दियो भन्ने चुनाब लड्ने नै हो ।’

यसअघि नेकपा एमालेकी नेतृ रन्जु ठाकुर जसपामा प्रबेश गरेका थिए । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रबेश गराएका थिए। केही दिनअघि मात्रै नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल नेपाली काँग्रेस छाडेर नेकपा माओवादीमा प्रबेश गरेका थिए।

यसरी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा पार्टी परिवर्तन गर्ने क्रम मधेश प्रदेशमा ह्वातै बढ्ेको छ।
बर्षाैदेखि एउटा पार्टीमा बसेर काम गर्ने तर त्यही पार्टीले विश्वास नगरेपछि टिकटका लागि पार्टी फेर्ने गरेको छ ।

काम गर्ने तर निर्वाचनको मुखमा पार्टीले इच्छा अनुसारको टिकट नदिने देखेपछि पार्टी छाड्ने र अर्काे पार्टीमा प्रबेश गर्ने लहर नै चलेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का स्थानीय सुरेश साहको भनाई छ।
सिद्धान्त वा विचारको राजनीति त्यागेर अवसरको खोजी गर्न मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा चुनावको मुखमै यतिबेला पार्टी परिवर्तन गर्ने गरेको बुद्धिजीवीहरुको भनाई छ।

pk-farnichar