जनकपुर, ६ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले अघिल्लो चुनावमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले जितेका पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। सोमबार जनकपुरधाममा बसेको पाँचदलयीय गठबन्धनको बैठकले यहि ३० गतेको स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनलाई अगाडी बढाउन यस्तो निर्णय गरेको हो।

त्यस्तै अन्य पालिकाहरुमा आवश्यक्ता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने निर्णय भएको वैठकमा सहभागी एक नेताले जानकारी दिए।

मधेश प्रदेशमा ३३ लाख ३१ हजार १७० जना मतदाता कायम छ । प्रादेशिक निर्वाचन कार्यालय जनकपुरका अनुसार प्रदेशभरि पुरुष १७ लाख ९७ हजार ९४५, महिला १५ लाख ३३ हजार १५८ र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन्। मधेश प्रदेशमा १ सय ३६ पालिका छन्।