काठमाडौं, ५ वैशाख । आगामी ३० गने हुने पालिका चुनावमा तालमेल गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसपनि छलफल सकारात्मक भएको भन्दै भोली फेरीबस्ने गरी छलफल स्थगित भएको हो।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भोलि मङ्गलवर बिहान साढे ११ बजे फेरि बैठक बस्ने र त्यो बैठकले सहमति जुटाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सत्तारुढ नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीच गरिएको दिनभरको प्रयास असफल भएको हो।
महानगर र उपमहानगरपालिकामा केन्द्रबाट नै गठबन्धनको टुङ्गो लगाउने निर्णय गरेका सत्तारुढ पाँच वटा दललाई भागबन्डा मिलाउन सकस भएको छ।