लहान, ५ वैशाख । आसन्न स्थानीय तह चुनावको मिति नजिकिदै गएपनि सिरहामा दलहरुले अझै उम्मेद्वारको टुङ्ग्याउन नसक्दाँ चुनाबको माहौल बन्न सकेको छैन् । सत्ता गठवन्धनभित्रको सकसपुर्ण अवस्था र धेरै आकांक्षीहरु भएकाले दलहरुलाई उम्मेद्वार टुङ्याउन सकस भएको हो ।
जिल्लाकै सवैभन्दा पुरानो र देशकै ठूलो नगरपालिका लहान नगरपालिका आगामी वैशाख ३० को निर्वाचनपछि नयाँ नेतृत्वको पर्खाइमा छ ।
नेपाली काँग्रेस उम्मेद्वार विनै घरदैलो कार्यक्रम गरिरहेको छ भने नेकपा एमालेले पनि चुनावकै मुख पारेर गाउँ तथा टोल कमिटीहरु गठन गर्ने र भेटघाटलाई तिव्रता दिईरहेको छ । अन्य दलहरुले पनि आफ्नो गतिविधि गरिरहेको भएपनि काँग्रेस र एमालेको तुलनामा कम देखिन्छ।
नेपाली काँग्रेस लहानले शनिवार वडा सभापतिहरुको राय अनुसार कुनै दलसँग गठनन्धन नहुने घोषणा गरेको छ ।
गठवन्धन नहुने देखिएपछि नेपाली काँग्रेस लहान नगर समितिले ३/३ जनाको नाम मेयर र उपमेयर नाम सिफारिस गरेको छ। मेयरमा महेश प्रसाद चौधरी, संतोष कुमार चौधरी र क्रान्तिदेवी प्रसैलालाई सिफारिस गरेको छ । उपमेयरमा पुनम चौधरी, शितल चौधरी र संजयकुमार यादवको नाम सिफारिस भएको छ।
लहानको हकमा नेकपा एमाले उम्मेदवारको विषयमा मौन प्रायः देखिएको छ। एमालेको मूख्य उम्मेद्वार वर्तमान मेयर मुनी साह नै भएपनि प्रदेश सासंद लगनलाल चौधरीको नाम पनि चर्चामा छ। साह दोहरिने मनसायमा छन्।
नेकपा माओवादी केन्द्र र जनता समाज वादी पार्टी (जसपा) वीच गठवन्धनहुने चर्चा भएपनि उनीहरु अझै निस्कर्षमा पुग्न सकेको छैन। दुई दलबीचको गठवन्धनले कसलाई मेयरको रुपमा अगाडी सार्ने भन्ने निस्कर्ष निकाल्न सकेको छैन।
दलहरु भने उम्मेद्वार छनोटको चटारोमा रहेपनि कुनै दलले उम्मेदवारी घोषणा गर्न सकेको छैन। लहान नगरपालिकामा २४ वडा छ। नेपाली काग्रेस, नेकपा एमाले र जसपाको बलियो बर्चस्व रहँदै आएको यो नगरपालिकामा जातिय समिकरणले पनि महत्व राख्ने गरेको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका मुनी साह विजयी भएको थियो।