लहान, ४ वैशाख। नेपाली काङ्ग्रेसका सिरहा क्षेत्र नम्बर १ का क्षेत्र सभापति महेश प्रसाद चौधरीले विकासको काममा काङ्ग्रेस सदैव अग्रसर रहेकाले आउँदो स्थानीय तहको चुनावमा आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन्।

277416838_768835344089663_1584470443919949912_n srijana

बुथ एकाई कमिटीद्वारा नवबर्ष २०७९ को उपलक्ष्यमा शनिबार लहान ३ स्थित डङ्गराहा टोलमा राखिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभपाति चौधरीले देशभरी काङ्ग्रेसले जितेका नगर र गाउँपालिकामा विकासको लहर देखिएकाले लहानमा पनि काङ्ग्रेसले जित्नुपर्नेमा जोड दिए ।

उनले राणाशासन र पञ्चायतजस्ता एकदलीय निरङकुशताका विरुद्ध विगतमा नेपाली काङग्रेसले लडेको स्मरण गराउँदै आफ्नो पार्टी सङ्घीयता र लोकतन्त्रका पक्षमा सदैव लागिरहने र कसैसँग सम्झौता समेत नगर्ने धारणा व्यक्त गरे।

सभापति चौधरीले जनताको बोल्न र लेख्न पाउने अधिकारलाई कहि कतैबाट कुण्ठित गर्न नहुने चर्चा गर्दै काङग्रेस सदैव स्वतन्त्रता र जनताको अधिकारका पक्षमा रहेको स्पष्ट पारे ।

पार्टीका महाधिवेशन प्रतिनिधी ९ युवा नेता संतोष चौधरीले पार्टीभित्र एकता कायम गरी आउँदो निर्वाचनमा काङ्ग्रेसका पक्षमा जनमत सिर्जना गर्न सबैमा आग्रह गरे । देश र नगरको विकास गर्न नेपाली काङ्ग्रेस पार्टी बाहेक अन्य कुनै विकल्प नरहेको युवा नेता चौधरीले उल्लेख गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौंको संख्यामा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर १ का क्षेत्र सभापति महेश प्रसाद चौधरीको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी युवा नेता सन्तोष चौधरीको बिशिस्ट आतिथ्यमा कार्यक्रम राखिएको थियो । नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने नवप्रवेशीलाई दुबै नेताले फुल माला अबिर लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा पार्टी सह ( सचीव मुकेश महतो , नेता फुलेश्वर महतो , वडा नम्बर  ३ का वडा अध्यक्ष रामदयाल महतो लगायतका नेता तथा कार्यकर्ताको विशेष उपस्थिति रहेको थियो ।

पार्टी भित्रकै नेताहरूले एक आपसमा विवाद सृजना नगरे कांग्रेसले लहान लगायत जिल्लाको हरेक स्थानीय तहमा सहज रुपमा विजय हासिल गर्ने कार्यक्रममा बोल्ने अधिकांस नेताहरुले धारणा राखेका थिए ।