सर्लाही, ३ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कथित ‘मसिहा’हरुबाट मधेश मुक्त भएको बताए । सर्लाहीको मलङ्गवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अव मधेशी जनताले पार्टी पहिचान गरिसकेकाले नक्कली मसिहाबाट मधेश मुक्त भएको बताएका हुन् ।siraha pawlik


अध्यक्ष ओलीले मधेशवादी दल नक्कली मुक्तिदाता भएको आरोप लगाए । उनले मधेशवादी दल जनतालाई अल्मल्याएर, अशान्ति फैलाएर, जनतालाई भ्रममा पारेर विकासका कामहरूमा अवरोध गरेको आरोप लगाए ।


उनले मधेशको नागरिक्ता समस्या समाधान गर्न नसक्ने मसिहाहरुलाई सरकारमा बस्ने कुनै अधिकार नरहेको बताए । उनले भने, ‘मधेशी जनताले भोगीरहेको नागरिक्ता समस्या समाधान गर्न अध्यादेश किन नल्याएको ? सकारमा बसेर समस्या समाधान गर्न नसक्नेहरुलाई सरकारमा बसिरहने कुनै अधिकार छैन, उनीहरु खुरुक्क सरकारबाट निस्के हुन्छ ।’


उनले एमालेले सरकारको पालामा मधेशमा थुप्रै विकासका काम गरेको बताए । उनले हुलाकी सडक निर्माण सहित मधेशका विकास निर्माणमा तत्कालिन सरकारको ठूलो योगदान रहेको जनाए ।


आफू प्रधानमन्त्री भएपछि जनकपुरमा रेलको लिक बनेको पनि उनले दाबी गरे। संसद अवरोध गर्दा अध्यादेश ल्याएर भए पनि मधेशी जनताले भोगेका नागरिकका समस्या समाधान गर्न आफूहरूले खोजेको उनले बताए।


पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकता एमाले प्रवेश गरेका छन् । सो क्रममा लालबन्दी नगरपालिका ११ मा माओवादीबाट विजयी वडाअध्यक्ष दीपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका ३ मा विजयी वडाअध्यक्ष भिखारी साह एमालेमा प्रवेश गरेका छन्।


त्यस्तै कांग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीबाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत दर्जनौँ नेताहरु एमाले प्रवेश गरेका हुन्।