वीरगञ्ज, ३० चैत। नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको छ।srijana

अध्यक्ष अन्सारीसहित उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्मादिन अन्सारीलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको पार्टीका पर्साका ईन्चार्ज बिजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको पार्टी कार्यालय तोडफोड गरी जिल्लाका जिम्मेवार नेतृत्वहरुलाई गाली गलोज गराउन लगाएर देशी तथा विदेशी प्रतिक्रियावादीहरुको ईशारामा पार्टीलाई बदनाम गर्ने कार्य गरेको भन्दै उनीहरुलाई कार्वाही गरेको विज्ञप्तीमा उल्लेख छ।

विज्ञप्तीमा लेखिएको छ, ‘स्थानीय चुनावमा समेत धक्का पार्ने कार्य, अनुशासन हिन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने गरेको हुँदा पार्टीबाट निष्कासन गरिएको छ।’

maobadi press