मिर्चैयामा एवी मलको तेस्रो शाखा खुल्यो

    • चैत्र ३०, २०७८
    • ७१२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सुरेश राय

    सिरहा, ३० चैत । सिरहा सुपर मार्केट प्रा.लि.द्वारा सञ्चालित एवी मलको तेस्रो नयाँ शाखा मिर्चैयामा खुलेको छ। गोलबजार र जनकपुरको सफल व्यवसाय पछि मंगलवार मिर्चैया नपा ६ थानाचोकमा नयाँ शाखा उद्घाटन गरिएको हो।srijana

    उद्घाटन समारोहका प्रमुख अथिति नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसद जगत प्रसाद यादबले सिरहा सुपर मारकेटले दिने उचित सेवाले व्यसायको क्षेत्रमा विश्वसनियता कायम गरेको बताए। उनले आजपनि बजारमा अनियन्त्रित मूल्य रहेको भन्दै मलको मूल्य निर्धारणले उपभोक्ता ठगिनबाट जोगिने बताए।

    सोही क्रममा संसद यादवले मलले सिरहाली व्यवसायको क्षेत्रमा क्रान्ति गरेको बताए। उनले भने, ‘मलले दिने एकीकृत सेवा र एकै प्रकारको मूल्य निर्धारणले बजारको मूल्य नियन्त्रणमा सहयोग पुगेको छ, एउटै सामानको ग्रहाक पिच्छे मूल्य लिने क्रमम रोक्न मदत गरेको छ ।’ab mal 1

    उद्घाटन कार्यक्रममा मिर्चैया नगर प्रमुख श्रवन यादबले मलको सफल व्यवसायीको शुभकामना व्यक्त गरेका थिए । उनले आफ्नो सहरमा मल स्थापनाले व्यसायमा नयाँ आयाम थपिएको जनाए ।

    कायक्रमका अध्यक्ष तथा मलका सीइओ पिन्टु राउतले शाखा विस्तार गर्न हामिलाई केही वर्ष लाग्छ भन्ने सोचेका थियौं, तर आम उपभोक्ताको मायाँ र विश्वासले हामीले दोस्रो शाखा जनकपुर र तेस्रो शाखा आज मिर्चैयामा खोल्न सफल भयौं ।278102246_1071247807081842_5904883143990559740_n

    उनले सिरहा सुपर मार्केटको शाखा अव मधेश प्रदेश भरी फैलीने क्रममा रहेको बताए। लहान र बर्दिबशमा शाखाको लागि पनि हामि अन्तिम चरणको तैयारीमा रहेको भन्दै सीईओ राउतले यो खवर पनि तपाइँहरुले छिटै नै मिडिया मार्फत पाउनु हुने बताए।

    नुन देखि सुन सम्म एउटै छानामुनि पाईने गरी मल नयाँ शाखा सञ्चालनमा ल्याएका सीइओ राउतको भनाई छ ।

    उद्घाटन समारोहमा मलका म्यानेजर सुदिप राउत, महेश साह, ब्यापारी श्याम यादब, लगायतका ब्यापारीहरुको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा भब्य संस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

     

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल