वीरगञ्ज, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्ग्देनले सही व्यक्ति र सही नेतृत्व चुन्न नसकेसम्म जनताका दुःख अन्त्य नहुने बताए । राप्रपा पर्साले मंगलवार वीरगञ्जमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देशको समस्या समाधान गर्न जनताले नै सही व्यक्तिलाई निर्वाचित गर्नुपर्नेमा बताएका हुन्।srijana

अध्यक्ष लिङ्गदेनले सहि समयमा सहि व्यक्ति पहिचान गर्न नसके देश सधैं कमजोर रहने बताए । उनले भने, ‘यदि सही व्यक्तिलाई चुन्न सकेनौ भने बेरोजगारीको समस्या अँझै बढेर जान्छ । जनताका दुःख अन्त्य हुने छैनन ।’

सिटामोल पाउन पनि अदालतको आदेश कुनुपर्ने र पैँसा तिरेर पनि आवश्यक परेको बेलामा मल तथा बिउ समेत दिन नसक्ने नेतृत्वबाट े आश गर्न नसकिने अध्यक्ष लिङ्देनको भनाई रहेको छ। सिमित दलका सिमित व्यक्तिहरुले ३१ वर्षसम्म आफ्नो र आफ्ना आसेपासेको गोजी भर्ने बाहेकका कुनै काम गर्न नसकेको उनको आरोप छ।

देशलाई पुर्ण रुपमा बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको बताउँदै उनले थपे, ‘३ करोड जनसंख्या नपुगेका देशका ५० लाखभन्दा बढी जोशिला र सक्षम युवाहरु खाडी मुलुकमा रगत र पसिना साट्न विवश छन् । अनि परिवर्तन कसरी हुन सक्छ?’278102246_1071247807081842_5904883143990559740_n

मधेशी शहिदको सहादतपछि मधेशले के पायो ? भन्दै उनले मधेशबाट प्रतिनीधित्व गर्दै संसदसम्म पुगेर प्रदेशका सत्तामा पुगेपनि मधेशी जनताले कुनै उपलब्धी नपाएको बताए । आफैले मेहनत गरेर उत्पादन गरेको उखुको पैँसा समयमै पाउन नसक्ने अवस्थाको अन्त्यका लागि कसैले पहलकदमी नचालेको उनको भनाई छ । यथास्थितीबाट देशलाई मुक्त गरेर अगाडी लैजाने राप्रपाको राष्ट्रिय अभियानमा हातेमालो गर्न उनले आग्रह गरेका छन्।GBR 11

कुनै पार्टीको आलोचना मात्रै नभएर स्पष्ट योजनाका साथ भ्रष्टाचारी तन्त्र ध्वस्त पार्ने अभियान अब राप्रपाले नै शुरु गर्ने उनको कथन छ । प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रको नाममा केही तत्वहरुले लुट तन्त्र मच्चाइरहेको आरोप लगाउँदै लिङ्देनले भविष्यमा कमाउने लक्ष्यका साथ राप्रपामा लाग्नेहरुले अहिलै पार्टी परित्याग गर्न पनि उनले आग्रह गरेका छन् ।

भोट दिने कुरा छोरी दिनेभन्दा पनि ठूलो कुरा भएको बताउँदै उनले एक छाक र एक ट्वाँकका साथै मोटरसाइकलको तेलको लोभमा भोट दिने प्रवृतिलाई पतन गर्नुपर्नेमा जोड दिए ।